व्यावसायिक भवनहरुले पार्किङ्ग शुल्क असुले तत्काल खबर गर्न महानगरको सूचना

व्यावसायिक भवनहरुले पार्किङ्ग शुल्क असुले तत्काल खबर गर्न महानगरको सूचना

काठमाडौं महानगरपालिकाले व्यावसायिक भवनहरुले सेवाग्राहीसँग पार्किङ्ग शुल्क उठाएमा तत्काल खबर गर्न भनेको छ । 

व्यावसायिक भवनहरुले पार्किङ्ग शुल्क लिन नपाउने नियम बनाएको महानगरले त्यसविपरित भए नगर प्रहरी निरीक्षक धर्म भण्डारीलाई गुनासो टिपाउन सकिने जानकारी दिएको हो । 

आर्थिक ऐन, २०८० ले सेवाग्राहीबाट पार्किङ्ग शुल्क लिन नपाउने भनेर तोकिएका स्थानबाट शुल्क लिएको गुनासो आएपछि त्यस्ता गुनासोलाई तत्काल सुनुवाइ गर्न सम्पर्क अधिकारी तोकिएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजु पाण्डेले बताए । उनले सेवा लिएका ठाउँबाट पार्किङ्ग शुल्क लिए तत्काल ९८५१०५१६१० मा सम्पर्क गर्न अनुरोध गरेका छन् । 

काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८० ले निजी मार्ट, रेष्टुरेन्ट, सपिङ् कम्प्लेक्सी, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले सेवाग्राहीबाट सवारी पार्किङ्ग गरेबापत शुल्क लिन नपाउने व्यवस्था गरेको छ । 

तर, कतिपय सेवाग्राहीले शुल्क तिर्नुपरेको गुनासो आइरहेपछि महानगरले सम्पर्क अधिकारीमार्फत गुनासो सुन्ने प्रबन्ध मिलाएको हो ।

टिप्पणीहरू