माओवादीले केन्द्रीय समिति बैठक लाइभ गर्ने

माओवादीले केन्द्रीय समिति बैठक लाइभ गर्ने

सत्तारुढ नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ । पर्सि १७ गतेदेखि बस्ने बैठक सामाजिक सञ्जालमार्फत लाइभ गर्ने माओवादीले निर्णय गरेको हो ।

बैठकका एजेन्डा तय गर्न आज बिहान बसेको पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक पूर्णतया लाइभ गर्ने निर्णय गरेको एकजना पदाधिकारीले जानकारी दिए । 

यसअघि नेपाली कांग्रेसले पनि आफ्नो केन्द्रीय समिति बैठक लाइभ गरेको थियो ।

टिप्पणीहरू