राप्रपालाई काठमाडौं महानगरको अर्को अल्टिमेटम

राप्रपालाई काठमाडौं महानगरको अर्को अल्टिमेटम

धुम्बाराहीस्थित राप्रपाको मुख्यालय भत्काउन काठमाडौं महानगरपालिकाले २१ दिनको अर्को अल्टिमेटम दिएको छ । राप्रपाको मुख्यालय भवन नक्सा पास नगरी हाइभोल्टेज (हाइटेन्सन) लाइनमुनि बनाइएको महानगरको दाबी छ । 

उक्त भवन भत्काउन आज महानगरको टोली धुम्बाराही जाने खबर आएपछि राप्रपाका नेता तथा कार्यकर्ताहरु मुख्यालयमा जम्मा भएर विरोध गरेका थिए । यसअघि महानगरले भवन हटाउन तीन दिनको म्याद दिएको थियो ।

टिप्पणीहरू