एमालेले अडान नछोडेपछि संसद बैठक एक साताका लागि स्थगित
आजका बस्ने भनेको प्रतिनिधिसभाको बैठक अन्तिम समयमा स्थगित भएको छ । संसद सचिवालयले सूचना टाँसेर एक साताका लागि बैठक स्थगित भएको जानकारी गराएको हो ।
सुन तस्करी प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानविन आयोग गठनको माग गर्दै संसद अवरुद्ध गरिरहेको एमाले सदन सुचारु गर्न सहमत नभएपछि आज दिउँसो १ बजे बोलाइएको बैठक २२ साउन सोमबार बस्नेगरी स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।
यसअघि हिजो बस्ने भनेको बैठक पनि यसैगरी सूचना निकालेर स्थगित गरिएको थियो । एमालेले १० साउनको बैठक अवरुद्ध पारेपछि हिजो बस्नेगरी मिति तय गरिएको थियो ।

टिप्पणीहरू