प्रधान न्यायाधीश छान्ने बैठक शुरु

प्रधान न्यायाधीश छान्ने बैठक शुरु

संवैधानिक परिषदको बैठक शुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भर्खरै बैठक बसेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा जारी बैठकमा सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना,उपसभामुख इन्दिरा राना र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको उपस्थिति रहेको छ । बैठकमा मुख्यसचिव वैकुण्ठ अर्याल पनि बस्नुभएको छ । 

आजको बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने बताइएको छ । उमेर हदका कारण  प्रधानन्यायाधीश कार्की साउन २० गतेदेखि अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । त्यसको एक महिना अगाडि नै प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने भएपनि दलहरुका आ-आफ्नै राजनीतिक स्वार्थका कारण ढिलाई भएको हो । 

अहिले सर्वोच्चमा आधा दर्जन न्यायाधीशको पद रिक्त छ । उच्च र जिल्ला अदालतमा क्रमशः ५३ र ३८ जना न्यायाधीश रिक्त भइसकेको अवस्था छ ।
 

टिप्पणीहरू