कुन–कुन ब्यारेकमा कति सैनिक भर्ती भए ?
नेपाली सेनामा तीन हजार बढी नयाँ सैनिक भर्ती भएका छन् । विभिन्न ब्यारेकमा भर्ना भएका नयाँ सैनिकलाई सैन्य आधारको तालिम दिन थालिएको छ । श्री पुरानो गोरख गण, नारायणहिटीमा ३५० सैनिक भर्ना भएको सेनाले जनाएको छ । त्यस्तै, श्री ईन्द्रबक्स गण, सूर्यविनायकमा एक सय सैनिक भर्ना भएका छन् ।
श्री अरिदमन गण, झापामा एक सय, श्री भीमकाली गुल्म, ताप्लेजुङ्गमा ५०, श्री कृष्णदल गण, ईटहरीमा २५०, श्री भीमदल गण, धनकुटामा ५० जना नयाँ सैनिक भर्ना गरिएको सेनाले जानकारी दिएको छ । श्री नं.२७ बाहिनी अड्डा, चोहर्वामा १५०, श्री दुर्गाबक्स गण, ओखलढुङ्गामा ५०, श्री भैरवीदल गण, सर्लाहीमा एक सय, श्री भवानीबक्स गण, सिन्धुलीमा ९४ जना सैनिक भर्ना भएका छन् ।
श्री नयाँ गोरख गण, रामेछापमा ९९, श्री श्रीजंग गण, वीरगञ्जमा ९७, श्री नयाँ सबुज गण, भरतपुरमा १५०, श्री शिवदल गण, धादिङ्गमा एक सय, श्री विष्णुदल गण, धुन्चेमा ५०, श्री चण्डीप्रसाद गण, लमजुङ्गमा एक सय, श्री भगवतीदल गण, पोखरामा ३५० जना नयाँ सैनिक भर्ना गरिएको छ ।
श्री नं.२२ बाहिनी अड्डा, बुटवलमा २९९, श्री गोरखदल गण, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ४३, श्री संग्राम शार्दुल गुल्म, गुल्मीमा ४९, श्री श्रीमेहर गण, बागलुङमा एक सय, श्री नं.१९, बाहिनी अड्डा, दाङमा १५०, श्री नं.४ बाहिनी अड्डा, नेपालगञ्जमा २५०, श्री उत्तर पश्चिम पृतना हेडक्वार्टर, सुर्खेतमा ३३९ सैनिक भर्ती भएका छन् ।
सेनाका अनुसार श्री नं.२४ बाहिनी अड्डा, जुम्लामा एक सय, श्री देवीदल गण, कैलालीमा २५०, श्री भैरवप्रसाद गण, डोटीमा एक सय, श्री गुरुगोरख गुल्म, दार्चुलामा ५० जनालाई भर्ना गरिएको छ ।
नयाँ भर्ना भएकाहरु श्री बटुकदल गण, शत्रुभञ्जन गुल्म, श्री बर्दबहादुर गण, श्री रणबम गण, श्री ईन्द्रध्वज गण, श्री नं.१ सैन्य तालिम केन्द्र, श्री भीमदल गण, श्री नं.५ बाहिनी अड्डा, श्री गोरखबहादुर गण, श्री नं.२ बाहिनी अड्डा, श्री रणशार्दुल गण, श्री दुर्गाभञ्जन गण, श्री रणसिंहदल गण, श्री कालीबहादुर गणमा तालिमका लागि नियुक्त भएका छन् । सेनाले उनीहरुको सैन्य तालिम थाल्ने तयारी गरेको छ ।
त्यस्तै, २०७९ भदौ २४ गतेको विज्ञापनअनुसार कोटा स्थानान्तरणपछि २९ जना भर्ना भएको सेनाले जानकारी दिएको छ । कोटा स्थानान्तरणपश्चात श्री उत्तर पश्चिम पृतना हेडक्वार्टर, सुर्खेतबाट भर्ना भएका सैनिक कमल रोकाया श्री दुर्गाभञ्जन गुल्म नियुक्त भएका छन् ।
श्री नं.१९ बाहिनी अड्डा, दाङबाट भर्ना भएका सैनिक डिलमन घर्तीमगर श्री नं. २ सैन्य तालिम केन्द्र, चुमान भट्टराई श्री नं. १ सैन्य तालिम केन्द्र, सिद्धान्त ओली श्री बर्दबहादुर गण, विशाल घर्ति क्षेत्री र रामबहादुर चौधरी श्री बटुकदल पुगेका छन् ।
सुरेन्द्रकुमार सुनार सैन्य आधार तालिमका लागि श्री नं. २३ बाहिनी अड्डामा नियुक्ति भएका छन् । उनी श्री नं. २२ बाहिनी अड्डा, बुटवलबाट कोटा स्थानान्तरण भएका हुन् । वसन्त रोकाया, हरिबहादुर सुनार, महेश विक र भिमराज कामी श्री नं. २ सैन्य तालिम केन्द्र, पदम शाही श्री कालीबहादुर गण, दिनेश विक श्री नं. ५ बाहिनी अड्डामा नियुक्ति भएका छन् ।
श्री नं.२७ बाहिनी अड्डा, चोहर्वाबाट कोटा स्थानान्तरणपछि भर्ना हुने सैनिकमा कृष्णकुमार यादव, विशाल चौधरी, लव राय, कृष्णकुमार साह रहेका छन् । यादव र साह श्री नं. ७ बाहिनी अड्डा, चौधरी श्री गोरखबहादुर गण र राय श्री नं.२ सैन्य तालिम केन्द्रमा नियुक्त भएका छन् ।
विपिन गुरुङ्ग, यमनारायण महतो, किसान कुमाल, ओमप्रकाश साउद, अनिश गुरुङ्ग, पावन थापा, सुजन नेपाली कोटा स्थानान्तरणपश्चात् श्री नयाँ सबुज गण, भरतपुरबाट भर्ती भएका हुन् । तीमध्ये तीन जना श्री नं. १ सैन्य तालिम केन्द्र, एक जना श्री नं. ३ बाहिनी अड्डा, दुई जना शिवदल गण र अर्का एक जना दुर्गाभञ्जन गुल्म पुगेका छन् । रविनकुमार राई श्री भीमदल गण, एमबहादुर गुरुङ्ग र सुनिल राई श्री नं.२ बाहिनी अड्डा र राईटन थारु श्री रणबम गण नियुक्त भएका छन् ।
सैन्य तालिममा जाँदा व्यक्तिगत सामान अनिवार्य लैजानुपर्ने
नेपाली सेनाले सैन्य तालिममा जाँदा आफ्ना व्यक्तिगत सामानहरु अनिवार्य साथमा लिन सुसूचित गराएको छ । ठूलो कालो झोला, एक जोर सिभिल लुगा, साधारण नोख भएको एकजोर कालो जुत्ता, फुल साइजको कालो सिभिल मोजा, चप्पल, पिटी गन्जी र अण्डरवेयर, महिलाको हकमा भित्री वस्त्र, ब्रस, मन्जन र साबुन, काली, जुत्ता पुस्ने ब्रस, दाह्री काट्ने सामान, साधारण बकल भएको कालो छालाको बेल्ट, स्पोर्ट सुज सैनिकले अनिवार्य साथमा लैजानुपर्नेछ ।
त्यस्तै, सेनाले सैनिकहरुलाई आफ्नो व्यक्तिगत प्यान नम्बर बनाउन निर्देशन छ । व्यक्तिगत खाता खोलेर एटीएम पनि आफैंसंग लैजानुपर्ने, व्यक्तिगत विवरण किताबमा अनिवार्य छाप लगाउन र आफूले ईच्छाएको व्यक्तिको फोटो र नागरिकता पनि साथमा ल्याउन भनिएको छ । सम्बन्धित केन्द्रहरुले सैनिकहरुको विवरण संकलन गरेर राख्नुपर्नेछ । सैनिकहरु आफ्नो व्यक्तिगत कागजातबिना उपस्थित हुँदा तालिममा असर परेपछि सेनाले पहिले नै जानकारी गराएको हो ।
टिप्पणीहरू