माओवादीको केन्द्रीय समिति बैठक कमलादीमा, स्थायी समिति पेरिस डाँडामा
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि बैठक प्रारम्भ हुने बताइएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठकको उद्घाटन गर्ने कार्यक्रम छ ।
११ बजे बस्ने केन्द्रीय समिति बैठकअघि आज बिहानदेखि स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसेको छ । बैठकले मध्यान्ह शुरु हुने केन्द्रीय समिति बैठकको कार्यसूचीलगायत एजेण्डामाथि छलफल र निर्णय गर्ने बताइएको छ ।
झण्डै एक वर्षपछि बस्न लागेको माओवादी बैठकमा अध्यक्ष दाहालले उद्घाटनपछि राजनीतिक र सांगठनिक प्रतिवेदन पेस गर्नुहुने छ । त्यसैगरी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारको कामकारबाहीबारे पनि समीक्षा गरिने बताइएको छ ।
बैठकमा साढे सात सय बढीको सहभागिता हुनेछ । बैठकको प्रत्यक्ष प्रसारण गर्ने तयारीसमेत गरिएको छ ।
टिप्पणीहरू