माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुरु, पार्टी भद्रगोल भएको प्रचण्डको टिप्पणी

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुरु, पार्टी भद्रगोल भएको प्रचण्डको टिप्पणी

सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुरु भएको छ । काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पेक्षालय हलमा दिउँसो साढे १ बजे बैठक प्रारम्भ भएको हो ।

बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटा, कृष्णबहादुर महरा, पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव, शक्ति बस्नेतलगायत उपस्थित छन् ।

 बैठकमा पदाधिकारी, स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, जनसंगठनका नेता गरी झन्डै सातसयको उपस्थिति रहेको छ ।

बैठकको प्रारम्भ गर्दै अध्यक्ष प्रचण्डले माओवादी अहिले पार्टीजस्तो नभएको टिप्पणी गर्नुभएको छ । पार्टी चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै उहाँले केन्द्रीय समिति बैठकपछि यसलाई अवसरमा बदल्ने विश्वास व्ताक्त गर्नुभयो ।

यहि बैठकबाट पार्टी पुनर्निर्माणको अभियान थाल्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ । बैठक पाँच दिनसम्म चल्नेछ ।

टिप्पणीहरू