अवसरवादी नेतृत्वलाई माओवादी कार्यकर्ताले अस्वीकार गर्न सक्नुपर्छ : राजन दाहाल

अवसरवादी नेतृत्वलाई माओवादी कार्यकर्ताले अस्वीकार गर्न सक्नुपर्छ : राजन दाहाल

नेकपा माओवादी केन्द्रका नेता तथा सांसद राजन दाहालले केन्द्रीय कमिटीको आकार घटाएर ९९ सदस्यीय बनाउन माग गरेका छन् । 

आजदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा सदस्य बढाउने प्रस्ताव पेश भएका बेला उनले भने संख्या घटाउनुपर्नेमा जोड दिएका हुन् । केन्द्रीय कमिटी चुस्त बनाउन दाहालले दुई वटा बिधिसमेत सुझाएका छन् । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वेच्छिक त्यागको आह्वान गरे ससम्मान पद त्यागको वातावरण बन्ने उनको दावी छ । 'केन्द्रीय समिति -९९ को बनाउनु पर्छ । स्वेच्छिक त्यागको आह्वान अध्यक्ष कामरेड प्रचण्डले गर्नुभयो भने ससम्मान पद त्याग गर्ने वातावरण बन्छ', बैठक जारी रहँदा उनले फेसबुकमा लेखेका छन् ।

त्यसो हुन नसके आन्तरिक प्रतिस्पर्धामार्फत कमिटी बनाउने वैधानिक व्यवस्थासहित मौजुदा केन्द्रीय कमिटीलाई आयोजकमा बदलेर सम्मेलन /महाधिवेशनमार्फत रूपान्तरण गर्न सकिने उनको धारणा छ । 'विस्थापित नेतृत्व, निष्क्रिय नेतृत्व -निरास नेतृत्व  र अवसरवादी नेतृत्वलाई कार्यकर्ताले अस्वीकार गर्ने अधिकार सुनिश्चित गरिनुपर्छ', दाहालले भनेका छन् ।

माओवादी केन्द्रको केन्द्रीय समिति अहिले ३८५ सदस्यीय छ । त्यसमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व पुर्याउन २४ जना थपेर ४०९ पुर्याउने तयारीका साथ केन्द्रीय कमिटीले विधान संशोधन गर्ने जनाइएको छ ।

टिप्पणीहरू