एकीकृत समाजवादीले पार्टी परित्याग गरेका नेताहरुको स्थानमा अर्को नियुक्ती गर्ने

एकीकृत समाजवादीले पार्टी परित्याग गरेका नेताहरुको स्थानमा अर्को नियुक्ती गर्ने

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक पार्टी कार्यालयमा शुरु भएको छ । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको १६ औं बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीति, पार्टीको विस्तृत योजनालगायत विषयमा छलफल हुने बताइएको छ ।

त्यसैगरी पार्टी परित्याग गरेका केही नेताको स्थानमा मनोनीत गरिने सम्बन्धमा पनि बैठकले निर्णय गर्ने बताइएको छ । बैठकमा सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षहरु राजेन्द्र प्रसाद पाण्डे, डा.बेदुराम भुसाल, प्रमेश हमाल, जयन्ती राई, केशवलाल श्रेष्ठ, महासचिव घनश्याम भुसालको उपस्थिति छ । 

त्यसैगरी, उपमहासचिवहरु प्रकाश ज्वाला, डा. गंगालाल तुलाधरलगायत सबैजसो स्थायी समिति सदस्यहरु पनि बैठकमा छन् ।
 

टिप्पणीहरू