पाकिस्तानी प्रेस एजेन्सीको नयाँ सेवा : चिनियाँ भाषामा समाचार

पाकिस्तानी प्रेस एजेन्सीको नयाँ सेवा : चिनियाँ भाषामा समाचार

पाकिस्तानको सरकारी प्रेस एजेन्सीले चिनियाँ भाषामा समाचार सेवा प्रारम्भ गरेको छ । एसोसिएटेड प्रेस अफ पाकिस्तान (एपीपी) ले पाकिस्तान र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध प्रवद्र्धनका लागि उक्त सेवा शुरु गरेको जनाएको छ ।

एपीपीले भनेको छ, ‘चिनियाँ भाषामा समाचार सेवा थाल्नुको प्रमुख उद्देश्य चिनियाँ नागरिकलाई पाकिस्तान, पाकिस्तानी जनता, संस्कृति र  विकासको यथार्थ अवगत गराउनु हो ।’

 

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार पाकिस्तान र चीनले हालै प्रारम्भ गरेको चीन–पाकिस्तान आर्थिक करिडोरको विकासलाई उच्च महत्व दिएका छन् ।

फोटो स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू