फेवातालमा डुबेका बालक अस्पतालमा बिते

फेवातालमा डुबेका बालक अस्पतालमा बिते

पौडी खेल्ने क्रममा फेवातालमा डुबेर एक बालकको ज्यान गएको छ । 

पोखरा महानगरपालिका–६ जरेबरका १२ वर्षीय कुशल पुलामी मगरको फेवातालमा डुबेर निधन भएको हो । हिजो दिउँसो लेकसाईड केदारेश्वर मन्दिरपछाडि फेवातालमा पौडी खेल्न गएका उनी डुबेपछि गम्भीर घाइते अवस्थामा उद्धार गरिएको थियो । 

गण्डकी प्रदेश प्रहरी गण समेतको टोलीले उद्दार गरी उपचारार्थ पश्चिम क्षेत्रीय अस्पताल पुर्याइएकोमा पुलामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू