माओवादी केन्द्रले सबै तहका कमिटी चुनावबाट छान्ने
नेकपा माओवादी केन्द्रले पार्टी तथा जनसंगठनका सबै तहका कमिटीहरु प्रत्यक्ष निर्वाचनबाट गठन गर्ने निर्णय गरेको छ ।
आज सम्पन्न केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । बैठकले पार्टीको मुख्य नेतृत्वसमेत निर्वाचनबाटै चयन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य सचिन रोकाले जानकारी दिए ।
बुधाबारदेखि शुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश नेताहरुले प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने माग राखेका थिए । पार्टीलाई समयानुकूल बनाउन प्रत्यक्ष निर्वाचित कमिटी र नेतृत्व चयन गर्नुपर्ने बहस माओवादीमा लामो समयदेखि चल्दै आएको थियो ।
टिप्पणीहरू