राष्ट्रिय सभाको बैठक अवरुद्ध, पर्सिसम्म स्थगित

राष्ट्रिय सभाको बैठक अवरुद्ध, पर्सिसम्म स्थगित
सुन्नुहोस्

राष्ट्रिय सभाको आजको बैठक पनि अवरुद्ध भएको छ । दिउँसो १ः०१ बजे बोलाइएको बैठक शुरुलगत्तै स्थगित गरिएको छ ।

बैठकको प्रारम्भमा एमाले सांसद दिलकुमारी रावल थापा (पार्वती) ले तीन साता अघिको एक क्विन्टल सुन तस्करीको सन्दर्भ उठाउँदै आफ्नो धारणा राखेकी थिइन् । उनले छानबिनको निम्ति उच्चस्तरीय समितिको माग गरेपछि एमाले सांसदहरुले उठेर बैठक अघि बढ्न नदिएका हुन् ।

त्यसपछि बैठक पर्सि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।
 

टिप्पणीहरू