प्रतिनिधि सभा बैठक सूचना टाँसेर भोलि ३ बजेलाई सारियो

प्रतिनिधि सभा बैठक सूचना टाँसेर भोलि ३ बजेलाई सारियो

प्रतिनिधि सभाको आजको बैठक पनि सूचना टाँसेर भोलि सम्मका लागि सारिएको छ । संसद्को अवरोध हटाउन शीर्ष नेताहरुबीच भएको बैठक अनिर्णित हुँदा प्रतिनिधि सभाको बैठक भोलि दिउँसो ३ बजेका लागि सारिएको हो ।

सभामुख देवराज घिमिरेले कार्यकक्षमा डाक्नुभएको छलफलमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने वा नगर्नेबारे काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच सहमति हुन नसकेको हो । बैठक चलिरहँदा संसदको बैठक दिउँसो १ बजेबाट साँझ ४ बजेका लागि सारिएको थियो । त्यसबीचमा पनि सहमति नभएपछि भोलिलाई राखिएको छ ।

आज बसेको राष्ट्रियसभाको बैठक पनि एमालेको अवरोधपछि पर्सि सम्मका लागि स्थगित गरिएको छ ।

आज शीर्ष नेताहरुबीच चार घण्टासम्म भएको बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनबारे एमाले त्यसको पक्षमा र काँग्रेस तथा माओवादी केन्द्र राज्यका निकायले गरेको छानबिन तथा अनुसन्धानमा अडिग देखिएका हुन् ।

टिप्पणीहरू