गगन थापा इण्डोनेसियाबाट फिर्ता, रघुवीर दिल्लीतिर

गगन थापा इण्डोनेसियाबाट फिर्ता, रघुवीर दिल्लीतिर

नेपाली काँग्रेस महामन्त्री गगनकुमार थापा इण्डोनेसिया घुमेर फर्केका छन् । उनी मलेसियाको राजधानी क्वालालम्पुर हुँदै हिजो मध्यरात काठमाडौं आइपुगेका हुन् ।

थापा श्रीमती र दुई छोरीसहित मलेसियन एअरलाइन्सको उडान नम्बर एमएच ११४ मा आएको र साउन १३ गते शनिबार राति साढे १२ बजे मलेसियन एअरलाइन्सको उडान नम्बर एमएच ११५ मा त्यसतर्फ गएको बुझिएको छ ।

उता एमाले सचिव रघुवीर महासेठ भने आजै नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् । उनी बिहान इण्डिगो एयरको उडान नम्बर ६इ११५२ मा ११ बजे त्यता उड्ने कार्यक्रम थियो ।

टिप्पणीहरू