विभूषण लिलामीमा राखेकोमा महावीर पुनलाई सरकारको चेतावनी

विभूषण लिलामीमा राखेकोमा महावीर पुनलाई सरकारको चेतावनी

विभूषण लिलामीमा राख्ने राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई सरकारले सचेत गराएको छ । 

पुनले सरकारबाट दिइएको विभूषण लिलामीमा राखेपछि गृहमन्त्रालयले पत्राचार गर्दै त्यसो नगर्न भनेको हो । गृहले विभूषण लिमालीमा राख्नु गैरकानुनी हुने र राखेमा रद्द हुने जानकारीसहितको पत्र उनलाई पठाएको छ ।

पुनले कीर्तिमय राष्ट्रदीप द्वितीय विभूषणसहित विभिन्न मानपदवी लिलामीमा राखेको घोषणा गरेका थिए । कृषि सामग्री कम्पनी सञ्चालनका लागि सरकारले प्रतिवद्धताअनुसार सहयोग नगरेको भन्दै उनले विभूषण लिलामीमा राखेको बताएका छन् । 

तर, गृहले मानपदवी, अलङ्कार, तथा पदकजस्ता विभूषण कसैलाई विक्री गरेमा, बन्धकी राखेमा कानुनविपरीत हुुने र कसैले यस्ता कार्य गरेमा विभूषण रद्द हुने जानकारीसहितको सूचना यसअघि नै जारी गरिसकेको छ । आज  पुनलाई पत्राचार नै गरेर सचेत गराइएकाके हो ।


 

टिप्पणीहरू