समिति गठनबारे संसदमा भोटिङ गर्न एमालेको माग
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनबारे संसदमा मतविभाजन गर्न माग गरेको छ ।
आज बसेको प्रतिनिधिसभा बैठकमा एमाले सचिव तथा सांसद योगेश भट्टराईले उच्चस्तरी छानबिन समिति चाहिने वा नचाहिने भन्ने विषयमा ह्विप जारी नगरी संसदमा मतविभाजनबाट टुंगोमा पुग्न आग्रह गरेका हुन् ।
उच्चस्तरीय छानबिन समिति गठन गर्ने विषयमा राष्ट्रिय सहमति भइसकेको दाबी गरेका उनले यस सम्बन्धमा मत विभाजन भए त्यसको परिणाम आफूहरुलाई स्वीकार्य हुने र त्यसै दिनदेखि आन्दोलन फिर्ता लिने बताए ।
टिप्पणीहरू