संसद बैठकअघि शीर्ष नेताहरु बालुवाटारमा

संसद बैठकअघि शीर्ष नेताहरु बालुवाटारमा
सुन्नुहोस्

संसद्को अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख तीन दलका शीर्षनेताहरु आज पनि छलफलमा जुटेका छन् । 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सदनको अवरोध हटाउने विषयमा छलफल भएको हो । 

 डेढ क्विन्टल सुुन तस्करी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै एमालेले लामो समयदेखि सदन अवरुद्ध गर्दै आएको छ । हिजो सदन खुलाउन सहमति गरेको एमालेले गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै पुन: अवरोध गरेको थियो । त्यसपछि आज फेरि नेताहरु छलफलमा बसेका हुन् । 

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि डाकिएको छ ।

टिप्पणीहरू