भारतद्वारा लुम्बिनीमा भूमिपूजा

भारतद्वारा लुम्बिनीमा भूमिपूजा

बुद्धको जन्मथलो लुम्बिनीमा भारतीय अन्तर्राष्ट्रिय बौद्ध सांस्कृतिक तथा सम्पदा केन्द्रको निर्माण थालिएको छ । केन्द्रको औपचारिक निर्माणअघि अन्तर्राष्ट्रिय बौद्ध महासंघले आयोजना गरेको कार्यक्रममा भूमिपूजा गरिएको बताइएको छ । 

विश्वस्तरीय उक्त केन्द्रले तीर्थालु र पर्यटकलाई बौद्धधर्मबारे थप जानकारी दिने भारतीय समाचार समिति इण्डिया न्युज नेटवर्कले जनाएको छ ।

उक्त केन्द्र निर्माणको निम्ति अघिल्लो वर्ष नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले बुद्ध जयन्तीका दिन शिलान्यास गर्नुभएको थियो । कमलको फूलको आकारमा बनाइने उक्त केन्द्र डेढ वर्षमा सम्पन्न हुने जानकारी दिइएको छ ।

केन्द्रमा प्रार्थना हलहरु, ध्यान केन्द्रहरु, पुस्तकालय, प्रदर्शनी हलहरु, क्याफ्टेरिया, कार्यालयलगायत अत्याधुनिक सुविधा हुने छ । बिजुली, पानीको पाइप र ढल निकासमा पछिल्लो प्रविधिको प्रयोग गरिने बताइएको छ ।

टिप्पणीहरू