प्रधानसेनापतिलाई अगाडि राखेर रक्षामन्त्री कडिकडाउ रुपमा प्रस्तुत

प्रधानसेनापतिलाई अगाडि राखेर रक्षामन्त्री कडिकडाउ रुपमा प्रस्तुत

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सबै सरकारी निकायहरु कार्य सम्पादनमा चुस्त हुन नसकेको भन्दै असन्तुष्टि जनाउनुभएको छ । 

रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँको त्यस्तो असन्तुष्टि व्यक्त भएको हो । सो क्रममा उपप्रधानमन्त्री खड्काले सरकारी निकायमा अनावश्यक समय लिने, फाइल अड्काएर राख्ने जस्ता प्रवृति देखिएकाले त्यसलाई तत्काल अन्त्य गर्न कर्मचारीहरुलाई निर्देशनसमेत दिनुभएको छ ।

उहाँले भन्नुभयो, ‘समय तालिका बनाउनुस्, कुन कामलाई कति समय लाग्ने हो, जनताले देख्ने गरि सार्वजनिक जानकारी दिनुस् । सरकारी निकायमा काम गर्ने कार्यालय सहयोगीदेखि मन्त्रीसम्म सबैले कुन काममा कति समय लाग्ने हो त्यो भन्नुपर्यो, तर ढिलासुस्ती गर्न पाइँदैन ।’

कामका लागि निवेदन दर्तादेखि मन्त्रीको कार्यकक्षमा पुग्न हप्तौं लाग्दा जनताले परिवर्तनको अनुभूति गर्न नसकेको जनाउँदै रक्षा मन्त्रालयको समेत नेतृत्व गर्नुभएका उपप्रधानमन्त्री खड्काले कार्यशैली तत्काल परिवर्तन गर्न मातहतका निकायलाइ निर्देशन दिनुभयो । सरकारी निकायले मालिक मानसिकता त्यागेर आफूलाई जनताको सेवक हौं भन्ने भावका साथ् काम गर्नुपर्ने उहाँको भनाई छ ।  

‘निर्णयमा अल्मल्याने, सकेसम्म ढिला गरेकोमा मजा मान्ने, सकेसम्म फाइल थन्काएर यसो एक दुइ पटक हात जोडेर मेरो काम ढिला हुन थाल्यो, मेरो काम गरिदिनुस न भनेको कुरामा रमाउने जुन प्रवृति छ यो मालिक प्रवृति हो’, उपप्रधानमन्त्री खड्काले भन्नुभयो, ‘हामी मलिक होइन, जनताका सेवक हौं, सेवक भएर सेवा दिनुस् ।’

कार्यक्रममा रक्षा मन्त्रालयका सचिव, प्रधानसेनापतिलगायतको उपस्थिति थियो ।

टिप्पणीहरू