राजधानीमा पाकिस्तानको स्वतन्त्रता दिवस कार्यक्रम

राजधानीमा पाकिस्तानको स्वतन्त्रता दिवस कार्यक्रम

काठमाडौंमा पाकिस्तानले स्वतन्त्रता दिवस मनाएको छ । नेपालस्थित पाकिस्तानी दूतावास र नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघले संयुक्त रुपमा हिजो साँझ एक कार्यक्रमको आयोजना गरेका हुन् । 

पाकिस्तानको ७६औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति रामसहाय प्रसाद यादव हुुनुहुन्थ्यो । मन्त्री, उच्चपदस्थ कर्मचारी, राजनीतिक दलका नेता, कुटनीतिज्ञ, पत्रकार तथा काठमाडौंस्थित पाकिस्तानी समुदायको ठूलो उपस्थिति रहेको कार्यक्रमलाई राजदूत अब्रर एच. हास्मीले सम्बोधन गर्नुभएको थियो ।

टिप्पणीहरू