बैंकक र दुबई उड्न लागेका विमानमा चरा ठोक्कियो
बंगलादेशको राजधानी ढाकाबाट बैंकक र दुबई उड्न लागेका दुई वटा विमानमा चरा ठोक्किएको । हजरत शाह जलाल अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न लागेका दुई वटा विमानमा चरा ठोक्किएपछि उडान अवरुद्ध भएको छ ।
बंगलादेशको राष्ट्रिय ध्वजावाहक विमान विमान बंगलादेशको बैंकक उड्न लागेको विमानमा चरा ठोक्किएपछि टायर पड्केको छ । त्यसपछि यात्रुहरूलाई अर्को विमानमा राखेर बैंकक पठाइएको जनाइएको छ ।
त्यसैगरी फ्लाई दुबईको दुबई उड्न लागेको विमानमा पनि चरा ठोक्किएको छ । विमान उड्नै लाग्दा भएको उक्त घटटनामा तीन वटा प्रपेलर ब्लेडमा क्षति पुगेको छ । रनवेमा उड्न ठिक्क परेको विमानलाई आकस्मिक रुपमा रोक्दा त्यसका पनि पाङ्ग्रामा क्षति पुगेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।
टिप्पणीहरू