नयाँ मन्त्रीको शपथ भोलि बिहान
नेकपा माओवादी केन्द्रले सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । अब प्रधानमन्त्रीले सीके राउत नेतृत्वको जनमत पार्टीकी अनितादेवी साहलाई सामान्य प्रशासनमन्त्रीमा नियुक्त गर्नुहुने भएको छ ।
माओवादी पदाधिकारी बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ । नयाँ मन्त्रीको शपथ भोलि बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा हुने बताइएको छ ।
यसअघि उक्त पार्टीबाट खानेपानीमन्त्रीको जिम्मेवरी लिएका अब्दुल खानले गत चैत १७ गते राजीनामा दिएका थिए । जनमतले खोजेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी नपाएपछि खानले राजीनामा दिएका थिए ।
टिप्पणीहरू