अनिश्चितकालका लागि स्थगित प्रदेशसभाको बैठक भदौ १ गते

अनिश्चितकालका लागि स्थगित प्रदेशसभाको बैठक भदौ १ गते

कोशी प्रदेशसभाको बैठक भदौ १ गते बस्ने भएको छ । सो दिन दिँउसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो । 

गत असार १५ गते अर्को सूचना जारी नभएसम्मका लागि भनि स्थगित गरिएको बैठक भदौ १ गतेका लागि डाकिएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए । कोशी प्रदेशसभा सचिवालयले आज सूचना जारी गर्दै तेस्रो अधिवेशनको तेस्रो बैठक प्रदेशसभा हल, विराटनगरमा बस्ने जानकारी दिएको छ । 

‘कोशी प्रदेशसभाको तेस्रो अधिवेशनको तेस्रो बैठक मिति २०८० साल भाद्र १ गते शुक्रबार दिनको १ बजे कोशी प्रदेश सभा हल, विराटनगरमा बस्ने भएकोले कोशी प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम माननीय प्रदेश सभा सदस्यज्यूहरुको लागि माननीय सभामुखज्यूको आदेशानुसार यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख छ ।

टिप्पणीहरू