एमालेमा केन्द्रीय सदस्य थपिएको थपियै

एमालेमा केन्द्रीय सदस्य थपिएको थपियै
सुन्नुहोस्

नेकपा एमालेले केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । 

आज बसेको सचिवालय बैठकले उनीहरुलाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए । एकीकृत समाजवादीका उपाध्यक्ष रहेका न्यौपाने र माओवादी केन्द्रबाट प्रवेश गरेका लामालाई एमालेले केन्द्रीय सदस्य बनाएको हो ।

विभिन्न राजनीतिक दल छोडेर आएका नेताहरुलाई एमालेले धमाधम केन्द्रीय सदस्यमा मनोनीत गरिरहेको छ । यसअघि ७० वर्षको उमेर हदसम्बन्धी विधानको प्रावधान नै निलम्बन गरेर समाजवादी छोडेर पुरानै घर फर्किएका मुकुन्द न्यौपानेलाई केन्द्रीय सदस्य बनाएको थियो ।


टिप्पणीहरू