सेनाको अस्पतालमा अपमानको सम्चार
वीरेन्द्र सैनिक अस्पताल, छाउनीको सर्जिकल ओपिडीमा अपरेशनका लागि नाम पठाउँदाको गल्तीका बाबजुद पनि धेरै अनुनय–विनयपश्चात अपरेशन त भयो तर एकदिन बिराई ड्रेसिङ गर्न जानुपर्ने भनेर डा. ले लेखेअनुसार बिहान ८ बजे जाँदा कार्ड दर्ता नगरिदिएर २ बजेतिर सैनिक प्रहरीको नायकलाई गुहारेपछि बल्लतल्ल ३ बजे मल्हमपट्टी लगाइयो र यस्तो व्यवहारप्रति दुःख लागेर अर्काे दिनदेखि नजिकैको क्लिनिकमा ड्रेसिङ गराउन बाध्य भइयो ।
१० आँै दिन टाँका निकाल्न भनेर ८ बजे ओपिडीमा पुगेको व्यक्तिलाई ड्रेसिङ १० बजेपछि दर्ता हुन्छ भनियो । १० बजे जाँदा १२ बजे दर्ता र २ बजे मात्रै ड्रेसिङ हुन्छ भनेर सिभिल कपडा लगाएका महिला र पुरुष २ जनाले कार्ड दर्ता गर्न मानेनन् । ओपिडीका जेसियोहरूलाई भन्दा कुरै नसुनेकाले फिर्ता भई आएर साइबाबा अस्पतालमा टाँका निकाल्न लगाएँ । १०–११ दिनसम्म दुख्ने र चिलाउने गरेको थियो । त्यसमा पनि टाँका निकालेपछि भोलिपल्ट घाउ फाटेएका कारण ओपिडीमा जाँदा तपाईंको आज रुटिन होइन, भोलि आउनु भनियो । त्यसपछि पुनः सानोभ¥याङ आई क्लिनिकमा ड्रेसिङ गरी बसेको छु । घाउ सिलाउँदाको अवस्थाभन्दा ठूलो भएको छ भन्दा पनि वास्तै गरेनन् । त्यहाँ मानवता नभएका हुँडारजस्ता मान्छे बस्दा रहेछन् ।
सेवा अवधिभर ज्वरो र जण्डिसको उपचारबाहेक साधारण उपचारका लागि त्यो अस्पताल जानुपरेको थिएन । ८–१० वर्षअघि मकैको गेडाजत्रो डल्लो पलाएको थियो, त्यो बढ्दै गएर अण्डाजत्रो भएपछि निकाल्नुप¥यो भनी फेमिली ओपिडीबाट रेफर भई सर्जिकलमा पुगेको थिएँ तर सहज तरिकाले उपचार त के पाउनु, उनीहरूको रवैया र मनपरी देख्दा साह्रै दुःख लाग्यो । मैले यसबारे भोला र रमेश भन्ने सुवेदारलाई पनि भनेको थिएँ तर झन् बढी तिरस्कार र अपमान हुँदै गयो ।
जिल्लाबाहिरका अस्पताल तथा फि.ए. हरू र वीरेन्द्र अस्पतालमा पहुँच हुनेले मात्र उपचारको सेवा–सुविधा लिएका छन् । प्रत्येक भूपूले स्वास्थ्य बिमा भएपछि निर्वाध उपचार गराउन सक्नुपर्ने हो तर त्यो पनि पहुँचवालाबाहेक अरुले पाउन सकेको छैन ।
– नोखबहादुर खत्री, भूपू सैनिक सुवेदार
टिप्पणीहरू