जरिवानामा परेका श्रमिकलाई सकुशल नेपाल पठाउने तयारी

जरिवानामा परेका श्रमिकलाई सकुशल नेपाल पठाउने तयारी

साउदी अरेबियस्थित नेपाली दूतावासले जरिवाना तोकिएका नेपाली कामदारहरुको विवरण संकलन गर्न थालेको छ । श्रमिकहरुमाथि लगाइएको जरिवाना मिनाहाका लागि पहल गर्न दूतावासले विवरण संकलन गर्न लागेको बताइएको छ । 

दूतावासले वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा रहँदा विभिन्न कारणले कम्पनीले जरिवाना लगाएको भएमा आफ्नो विवरण टिपाउन अनुरोध गरेको छ । जारी सूचनामा दूतावासले वेवसाइटमा विवरण अपडेट गराउन सकिने पनि जनाएको छ । 

‘निजहरुको जरिवाना वा फाइन मिनाहाको प्रक्रियालाई मूर्तरुप दिई नेपाल फिर्ता पठाउने विषयमा सम्बन्धित निकायहरुमा छलफल गर्ने प्रयोजनको लागि यो विवरण अति आवश्यक परेकोले हालसम्म विवरण पेश गर्न छुट हुनुभएकाहरुले आफ्नो विवरण अविलम्ब अपडेट गर्नुहुन सम्बन्धित सबैमा पुनः अनुरोध गरिन्छ’, जारी सूचनामा उल्लेख छ । 

त्यस्तै, यस विषयमा थप जानकारी चाहिएमा बिहान ९ देखि बेलुका ५ बजेसम्म रियादस्थित दूतावासमा सम्पर्क गर्न भनिएको छ । नेपाली महावाणिज्यदूतावास जेद्दामा ०५०००२१४०९ मा सम्पर्क गरेर समेत बुझ्न सकिन्छ ।

टिप्पणीहरू