शौचालयको ट्याङ्कीमा खसेको हात्तीको मृत्यु

शौचालयको ट्याङ्कीमा खसेको हात्तीको मृत्यु
सुन्नुहोस्

कञ्चनपुरमा एउटा हात्तीको शौचालयको सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका ७, कालापानीमा आज बिहान जंगली हात्ती मृत अवस्थामा फेला परेको बताइएको छ ।

स्थानीय वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयको सेफ्टी ट्यांकीमा हात्ती मरेको हो । सेफ्टी ट्यांकीमा पछाडिका दुबै खुट्टा परेपछि हात्ति आज बिहान मृत अवस्थामा फेला परेको बताइएको छ ।

टिप्पणीहरू