दोरम्बामा प्रधानमन्त्री (फोटोफिचर)

दोरम्बामा प्रधानमन्त्री (फोटोफिचर)
सुन्नुहोस्

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोरम्बा हत्याकाण्डका शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । 

दोरम्बा हत्याकाण्डका शहीदहरुको स्मृतिमा माओवादी केन्द्र रामेछापले योजना गरेको कार्यक्रममा सहभागी हुन आज डाँडाकटेरी पुग्नुभएका प्रधानमन्त्रीले त्यहाँ आयोजित श्रदाञ्जली सभालाई सम्बोधनसमेत गर्नुभएको छ । सो अवसरमा उहाँले पार्टीको थैलड गाउँ कमिटीद्वारा प्रकाशित पुस्तक 'समाजवादी बाटो' बिमोचन गर्नुका साथै शहीद परिवारलाई सम्मान पनि गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकोप्टरमा आज बिहान त्यता जानुभएको हो । 

दोस्रो युद्धविरामका बेला २०६० साल साउन ३२ गते तत्कालीन शाही नेपाली सेनाले २१ जना माओवादी कार्यकर्ताको दोरम्बामा सामुहिक हत्या गरेको थियो । सोही घटनालाई दोरम्बा हत्याकाण्डका रुपमा चिनिन्छ ।

टिप्पणीहरू