चिनियाँ जनमुक्ति सेनाको टोली शिवपुरीपछि हल्चोकमा

चिनियाँ जनमुक्ति सेनाको टोली शिवपुरीपछि हल्चोकमा

नेपाल भ्रमणमा रहेको चिनियाँ जनमुक्ति सेनाको उच्चस्तरीय टोली र सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालबीच भेटवार्ता भएको छ । 

हल्चोकस्थित सशस्त्र मुख्यालयमा आज दिउँसो भेटवार्ता भएको हो । भेटमा सशस्त्रका आइजीपी अर्यालसहितका उच्च तहका प्रहरी अधिकारीहरु सहभागी थिए ।  

हिजो बिहान काठमाडौँ आइपुगेको जनमुक्ति सेनाको छेन्दु मिलिट्री कमाण्डका डेपुटी कमाण्डर उपरथी युए आन्डेको नेतृत्वको ८ सदस्यीय टोलीले आजै नेपाली सेनाको सैनिक स्टाफ कलेजको अवलोकन भ्रमण गरेको थियो । टोलीमा ह यान्सु, वाङ वेई, लिउ हाइयु, लिङ हुआ, लिउ हुई, सु को हुवा, वाङ चियासुन र लाई रुई छन् । 

उनीहरुले हिजो दिउँसो हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेका थिए । 

भ्रमणका क्रममा चिनियाँ जनमुक्ति सेनाको टोलीले नेपाली सेनाका उच्च अधिकारीलगायत सरकार र राजनीतिक दलका शीर्ष नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

टिप्पणीहरू