बसको ठक्करबाट राजमार्गमा पाँच राँगा ठहरै

बसको ठक्करबाट राजमार्गमा पाँच राँगा ठहरै

बाँकेमा बसको ठक्करबाट पाँच राँगाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका वडा नं. ८ नयाँगाउँ पुल नजिकै पूर्वपश्चिम राजमार्गमा गएराति उक्त दुर्घटना भएको बताइएको छ ।

नेपालगञ्जबाट पोखरातर्फ जाँदै गरेको बा. ६ प ६३७८ नम्बरको बसले ती राँगालाई ठक्कर दिएको थियो । ठक्कर दिएको बस र चालकलाई समशेरगञ्ज प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय, कोहलपुरमा बुझाएको छ ।

बसका यात्रुलाई कुनै चोटपटक नलागेको तर, दुर्घटनास्थल नजिकै एउटा राँगो घाइते अवस्थामा फेला परेको छ ।

टिप्पणीहरू