गृह जिल्लाबाट गृहमन्त्रीको गर्जन - भ्रष्ट र तस्करका संरक्षकहरुको धम्कीले डराउँदिन

गृह जिल्लाबाट गृहमन्त्रीको गर्जन - भ्रष्ट र तस्करका संरक्षकहरुको धम्कीले डराउँदिन

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्दै धम्की दिन खोजेको बताउनुभएको छ ।

गृहजिल्ला गोरखाको अजिरकोट गाउँपालिका-३ स्थित भच्चेकमा ‘भच्चेक आधारभूत अस्पताल’को आज उद्घाटन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । गृहमन्त्री श्रेष्ठले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरूको धम्कीबाट आफू नडराउने पनि स्पस्ट पार्नुभयो । 

आफूहरु पदका लागि सरकारमा नगएको उल्लेख गर्दै उहाँले बरु सरकार छाड्ने तर, सुशासनको अभियान कुनै हालतमा नरोक्ने जिकिर गर्नुभयो । ‘सरकारलाई, मन्त्रीलाई घेराबन्दीमा राख्छौँ भनेर कसैले नसोचे हुन्छ । हामी पदका लागि होइन, देश र जनताको सेवा गर्न आएका हौँ । जुन दिनसम्म सरकारमा रहन्छौं, यो सुशासनको अभियान रोकिँदैन’, गृहमन्त्रीले भन्नुभयो ।

राजनीतिक परिवर्तनलाई आर्थिक-सामाजिक परिवर्तनसँग जोड्नुपर्नेमा जोड दिँदै उहाँले तीनै तहका सरकारले सुशासन र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो । त्यसक्रममा गृहमन्त्री श्रेष्ठले प्रधानमन्त्री प्रचण्डको मूल ध्येय मुलुकमा सुशासन, संमृद्धि र सामाजिक न्याय स्थापित गर्ने नै रहेको उल्लेख गर्नुभयो ।

टिप्पणीहरू