भोलिदेखि संसद बैठक सुचारु हुने प्रधानमन्त्रीको दाबी

भोलिदेखि संसद बैठक सुचारु हुने प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलिदेखि संसद्को अवरोध हट्ने बताउनुभएको छ । उहाँले संसद् गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरेको र आज पनि त्यस सम्बन्धमा छलफल गर्ने जानकारी दिनुभएको छ । 

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्व. राजवृक्ष यादवको स्मृति दिवसमा बोल्दै प्रधानमन्त्री दाहालले उक्त धारणा राख्नुभएको हो । भन्नुभयो, ‘आज साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरिँदैछ । भोलिदेखि संसद् सुसञ्चालन हुनेमा आशावादी छु ।’

प्रधानमन्त्री दाहाल र सभामुख देवराज घिमिरेबीच त्यसबारे पछिल्लो पटक हिजो बालुवाटारमा छलफल भएको थियो ।

टिप्पणीहरू