सिक्किमका मन्त्री र बलिउड अभिनेता साहिल खान काठमाडौंमा

सिक्किमका मन्त्री र बलिउड अभिनेता साहिल खान काठमाडौंमा

भारतीय राज्य सिक्किमका एक जना मन्त्री काठमाडौं आएका छन् । त्यहाँका कृषिमन्त्री लोकनाथ शर्मा झापाको भद्रपुर हुँदै बिहान काठमाडौं आइपुगेका हुन् । शर्मा सिक्किमबाट भद्रपुरसम्म सडकमा र त्यहाँबाट बुद्ध एअरको उडानमा आएका हुन् ।

बलिउड अभिनेता साहिल खान पनि आज बिहान काठमाडौं आइपुगेका छन् । उनी एअर इण्डियाको उडान नम्बर एआई २१३ मा नयाँ दिल्लीबाट आएका हुन् ।  

साहिल प्रज्ञा भवन कमलादीमा आज हुने नरेश सूर्या क्लासिक अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा विशेष अतिथिको रुपमा सहभागी हुन काठमाडौं आएको बताइएको छ ।

टिप्पणीहरू