प्रधानमन्त्रीविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

प्रधानमन्त्रीविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर मानहानीको मुद्दा आज हेर्न नभ्याइनेमा परेको छ ।  

कायममुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश हरिप्रसाद फुयालको संयुक्त इजलासमा पेशी तोकिएको मुद्दाको पालो नआएको हो । २०७३ सालमा दर्ता भएको अदालतको अवहेलना मुद्दा सात वर्षपछि आज पेशी चढेको थियो । 

शान्ति प्रक्रियासँग सम्बन्धित विषयमा अदालतले फौजदारी कसूरमा फैसला गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यसलाई नमान्ने सार्वजनिक वक्तव्य दिनुभएको थियो । उक्त अभिव्यक्तिले अदालतको मानहानी गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

टिप्पणीहरू