बिहान मोर्चा, दिउँसो सर्वदलीय बैठक
वामपन्थी चार वटा दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज बसेको छ । हिजो साँझ स्थगित भएको बैठक आज बिहान नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको छ ।
बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल भएको छ । गत असार ४ गते नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गठन गरेको समाजवादी मोर्चाको यो दोस्रो बैठक हो ।
आजै संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलहरुको सर्वदलीय बैठक बस्दैछ । सदनको अवरोध खुलाउने प्रयासस्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गर्नुभएको हिजोको बैठक आज पनि बस्न लागेको हो ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा अपरान्ह ४ बजे बस्ने बताइएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान लिँदै संसद एक महिनादेखि अवरुद्ध पार्दै आएको छ ।
टिप्पणीहरू