कायममुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा अनुमोदित
कायममुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा अनुमोदित गरिएको छ । उहाँलाई संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको बताइएको छ ।
आजै समितिले श्रेष्ठको सुनुवाइ गरेको थियो । त्यसअघि श्रेष्ठविरुद्ध विभिन्न उजुरी दर्ता गराएका उजुरीकर्तासँग समिति सदस्यहरुले छलफल गरेका थिए ।
सुनुवाईको क्रममा प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले आफ्नो भावी कार्ययोजना पेस गर्नुभएको थियो । अब उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा नियुक्त गर्नुहुने छ ।
यसअघिका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेरहदका कारण गत साउन २० गते अवकाश पाएपछि सर्वोच्च अदालतको कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी श्रेष्ठले पूरा गर्दै आउनुभएको छ ।
टिप्पणीहरू