प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकको अन्तर १५ मीनेट

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकको अन्तर १५ मीनेट
सुन्नुहोस्

राष्ट्रियसभाको बैठक दिउँसो ३ बजे बोलाइएको छ । आज दिउँसो १ बजेका लागि तय भएको बैठक सवा ३ बजेलाई सारिएको संसद सचिवालयले जनाएको छ ।

विशेष कारणवश सवा ३ बजे सारिएको भनिएको बैठक राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम समय परिवर्तन गरिएको सचिवालयको सूचनामा उल्लेख छ ।

सुन प्रकरणमा उच्चस्तरीय छानबिनको माग राख्दै एमालेले दुबै सदनको बैठक अवरोध गर्दै आएको छ । २ बजे ठूला दलबीच सहमति भएपछि आजैदेखि बैठक सुचारु हुने दलका नेताहरुले बताएका छन् ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजे राखिएको छ ।

टिप्पणीहरू