एमाले अध्यक्षलाई ज्वरो, सर्वदलीय बैठक स्थगित

एमाले अध्यक्षलाई ज्वरो, सर्वदलीय बैठक स्थगित
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो बोलाउनुभएको सर्वदलीय बैठक स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको  अस्वस्थताको कारण आजको बैठक रोकिएको बताइएको छ ।

अध्यक्ष ओलीले ज्वरो आएको कारण जनाउँदै आजको बैठकमा उपस्थित हुन नसक्ने बताएपछि बैठक स्थगित भएको हो । आज २ बजे बस्ने सर्वदलीय बैठकमा पेश गर्न एमाले, काँगे्रस र माओवादीका तीन जना नेता संलग्न रहेको कार्यदलले उच्चस्तरीय छानबिन गठनको निम्ति सहमतिको मस्यौदा बनाइसकेको छ ।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति गठनको माग गर्दै झण्डै एक महिनादेखि संसद बैठक अवरुद्ध पार्दै आएको छ ।

टिप्पणीहरू