एमसीसी कार्यान्वयनमा लैजाने विषय विप्लवलाई असैह्य

एमसीसी कार्यान्वयनमा लैजाने विषय विप्लवलाई असैह्य

नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यावन्यन गर्न नदिने चेतावनी दिएको छ । 

एमसीसी र नेपाल सरकारबीच परियोजना कार्यान्वयन गर्नेबारे सहमति पत्रमा हस्ताक्षर हुन लागेको चर्चा चलिरहेका बेला विप्लव समूहले कुनै हालतमा कार्यान्वयन गर्न नदिने बताएको हो । नेपाललाई आफ्नो सन्या अखडा बनाउने उद्धेश्यअनुरुप एमसीसी परियोजना अघि सारिएकाले त्यसलाई रोक्नुपर्ने सो पार्टीको भनाई छ । 

आज विज्ञप्ति जारी गर्दै नेकपाले भनेको छ, ‘हामीले एकल र संयुक्त रुपमा स्पष्ट गरेका थियौं कि यदि अमेरिकाले सहयोग गर्न चाहन्छ भने ऊ निसर्त नेपाल सरकार मातहत आउनुपर्छ तर ऊ त्यसरी नआएर नेपाललाई आफ्नो सैन्य अखडा बनाउने घोषित उद्देश्यसहित आइरहेको छ ।’

यसको पछाडि अमेरिकाको विश्व राजनैतिक धु्रवीकरणको मोर्चामा नेपाललाई छिमेकी राष्ट्र चीन र भारतविरुद्ध उपयोग गर्ने र नेपाली राजनीतिलाई दलालहरुमार्फत आफ्नो मुठ्ठीमा राख्ने सोच रहेको उल्लेख गर्दै पार्टीका महासचिव विप्लव सीले एमसीसी लागू भएमा नेपाल अमेरिकाको उपनिवेश मात्र नभई एसियाको युके्रन बन्ने प्रष्ट रहेको बताएका छन् ।

 

नेपाल कहिल्यै विदेशीको प्रत्यक्ष गुलाम नभएको इतिहास स्मरण गराउँदै उनले त्यसको रक्षाका निम्ति एमसीसीको खारेजीका लागि संघर्ष गर्न आह्वान गरेका छन् । साथै, एमसीसी कार्यान्वयनमा लगिए अमेरिकी साम्राज्यवादी शासक गुटविरुद्ध प्रतिरोध संघर्षमा उत्रिने चेतावनी दिइएको छ । पार्टीले एकहप्ते संघर्षका कार्यक्रमहरु पनि सार्वजनिक गरेको छ । 

विज्ञप्तिमा भोलि देशव्यापी बालिङ, भद्रौ ७ गते एमसीसीको पुत्ला दहन, ८ गते एमसीसीको प्रमुख खडकबहादुर विष्टको पुत्ला दहन, ९ गते गाउँगाउँमा जागरण प्रचार, १० गते देशव्यापी जनप्रदर्शन, ११ गते काठमाडौंमा एमसीसीबारे अन्तरक्रिया र १२ गते नुवाकोट, तनहुँमा एमसीसीबारे अन्तक्रिया गर्ने उल्लेख छ ।

टिप्पणीहरू