एमालेका अध्यक्ष र उपाध्यक्षको आपसी तिक्ततावीच सात पार्टी बसेर दुई बुँदे सहमति,अब संसद खुल्ने

एमालेका अध्यक्ष र उपाध्यक्षको आपसी तिक्ततावीच सात पार्टी बसेर दुई बुँदे सहमति,अब संसद खुल्ने
सुन्नुहोस्

नेकपा एमालेका अध्यक्ष र उपाध्यक्षको मनमुटाव प्रकट हुँदाहुँदै संसदको गत्यावरोध अन्त्यका लागि दलहरुबीच दुई बुँदे सहमति जुटेको छ । (बैठकको बिस्तृत विवरण एक छिनपछि)

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकमा सुन तस्करी छानबिन र संसद खुलाउनेबारे सहमति भएको हो । सहमतिअनुसार हङकङबाट मोटरसाइकलको ब्रेक शुमा राखेर कार्गो गरी ल्याइएको ६१ किलो सुन तस्करीको छानविन गरी सिआइबीले मुद्दा अभियोजन गर्नेछ । 

त्यस्तै,एमालेको मागअनुसार सबै प्रकारका सुन तस्करीको स्वतन्त्र र निष्पक्ष छानविन गर्न उच्चस्तरीय छानविन आयोग बनाउन पनि दलहरु सहमत भएका छन् । सहमतिपत्रमा संसदमा उपस्थित सात राजनीतिक दलका प्रमुख सचेतकहरुले हस्ताक्षर गरेका छन् । 

उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ । आजको सहमतिसँगै लगातारको संसद अवरोध अन्त्य हुने भएको छ ।

टिप्पणीहरू