बस दुर्घटनामा परी तीर्थस्थल छेवैमा ७ जनाको मरण,चालक फरार

बस दुर्घटनामा परी तीर्थस्थल छेवैमा ७ जनाको मरण,चालक फरार

पूर्वपश्चिम राजमार्गको हेटौँडा–पथलैया सडक खण्डमा पर्ने प्रसिद्ध तीर्थस्थल चुरिया मन्दिर नजिकै आज एकाबिहानै बस दुर्घटना भएको छ । दुर्घटनामा परी ७ जना भारतीय नागरिकको मृत्यु भएको बारा प्रहरीले पुष्टि गरेको छ । 

इलाका प्रहरी कार्यालय अमलेखगन्ज बाराले दिएको जानकारीअनुसार बिहान २ बजेर १० मीनेट जाँदा जीतपुर सिमरा उपमहानगरपालिका २२ नं वडा (हेटौँडा उपमहानगरपालिका मकवानपुरको सीमावर्ती क्षेत्र) मा पर्ने चुरियामाई मन्दिर नजिकै जनकपुरबाट काठमाडौँ जाने क्रममा रहेको मधेश प्रदेश ०३–००१ ख ७९९४ नं को बस सडकबाट १५ मीटर तल खसेको हो । घटनामा ७ जनाको मृत्यु भएको र अन्यलाई उपचारका लागि हेटौँडाको चुरेहिल अस्पताल पठाइएको छ । मृत्यु हुनेमा भारतको राजस्थान बस्ने ६७ बर्षका बहादुर सिंह, सोही स्थानकी ६० बर्षीय सत्यवती, ७० बर्षीय राजेन्द्र चतुर्वेदी, ६७ बर्षीय बैजन्ती देवी, ६५ बर्षकी मीरादेवी र महोत्तरी जिल्लाको लोहरपट्टी नगरपालिका ५ बस्ने बिजयलाल पण्डित रहेका छन् । 

१४ जना घाइतेको हेटौँडाको चुरेहिल अस्पताल,सन्चो अस्पताल लगायत स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनापछि बस चालक फरार छन् । चालकको परिचय खुलेको छैन  ।

टिप्पणीहरू