संसदीय समितिको सभापति चयन चुनावमार्फत हुने

संसदीय समितिको सभापति चयन चुनावमार्फत हुने

संसदीय समितिको सभापति भदौ ११ गते निर्वाचनमार्फत चयन गरिने भएको छ ।

सभामुख र कानुनमन्त्रीसहित प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरुको बैठकले १० वटै विषयगत समिति सभापतिको निर्वाचन १० गते गर्ने निर्णय गरेको हो । निर्वाचन प्रक्रिया भदौ १० गतेदेखि नै प्रारम्भ गर्नेसमेत दलहरुबीच सहमति छ । 

आज सूचना प्रकाशन गरी निर्वाचनबारे जानकारी गराइने छ भने १० गते सभापतिको उम्मेदवार चयन प्रक्रिया आरम्भ हुनेछ ।

आजको बैठकमा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ,नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, एमालेका सचेतक महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र प्रतिनिधि सभाका महासचिव भरतराज गौतमको उपस्थिति रहेको थियो ।

प्रमुख तीन दलले यसअघि नै संसदीय समितिको सभापति भागबण्डा मिलाइसकेका छन् । जसमा कांग्रेसले चार, एमालेले तीन र माओवादी केन्द्रले दुईवटा समितिको सभापति लिने सहमति भएको बताइएको छ ।
 

टिप्पणीहरू