माओवादीद्वारा एमसिसीको पुत्ला दहन,प्रहरी देख्नासाथ भागाभाग
विप्लव नेतृत्वको नेकपाले अमेरिकी सहयोग परियोजना एमसिसीको पुत्ला दहन गरेको छ । ललितपुरको महापाल चोकमा आयोजित विरोध कार्यक्रम भर्खरै सकिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी, ललितपुर जिल्लाको आयोजनामा पार्टी केन्द्रीय सदस्य तथा ललितपुर इञ्चार्ज भीमसेन घिमिरे (विपिन), ललितपुर महानगरपालिका इञ्चार्ज महेश बज्राचार्य (बज्र),सेक्रेटेरी विकास महर्जन,जिल्ला तहका अन्य नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा पुत्ला दहन कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।
जलाइएको पुत्ला मंगलबजार चोकमा फालेर आन्दोलनकारी भागेका छन् । टोली भागेपछि प्रहरीले बलिरहेको पुत्ला निभाएको छ । उनीहरुले गो ब्याक एमसिसी,गो ब्याक अमेरिका,नो एमसिसी, राष्ट्रघाती एमसिसी खारेज गरलगायत नारासमेत लगाएका थिए ।
टिप्पणीहरू