प्रधानमन्त्रीको सांसदहरुसँग दोस्रो पटक प्रश्नोत्तर हुँदै

प्रधानमन्त्रीको सांसदहरुसँग दोस्रो पटक प्रश्नोत्तर हुँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा आगामी मंगलबार सांसदहरुसँग प्रश्नोत्तर गर्नुहुने भएको छ । 

सभामुख देवराज घिमिरेले आज बसेको प्रतिनिधि सभाको बैठकमा उक्त जानकारी दिनुभएको हो । जसअनुसार सांसदहरुले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न भोलि दिउँसो ३ बजेभित्र प्रतिनिधिसभाका सचिवसमक्ष लिखित रुपमा बुझाउनुपर्नेछ ।

प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम प्रश्नोत्तर कार्यक्रम निर्धारण गरिएको हो । यसअघि प्रधानमन्त्री जेठ ४ गते आयोजित प्रश्नोत्तर कार्यक्रमा सहभागी हुनुभएको थियो ।

टिप्पणीहरू