गौरा पर्वलाई राष्ट्रिय पर्व बनाउनुपर्छ : प्रधानमन्त्री

गौरा पर्वलाई राष्ट्रिय पर्व बनाउनुपर्छ : प्रधानमन्त्री
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौरा पर्वलाई राष्ट्रिय पर्व बनाइनुपर्ने बताउनुभएको छ । गौरा पर्वको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले उक्त धारणा राख्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्न सरकार सकारात्मक छ ।’
तेस्रो पटक मुलुकको नेतृत्व गरिरहँदा सुदूरपश्चिमको लागि धेरै काम गरेको बताउँदै उहाँले पहिले गौरा पर्वमा दिइएको बिदाको फाइल हेरेर तिथि किटान गर्दै प्रस्ताव आए बिदा दिने उल्लेख गर्नुभयो । 

सुदूरपश्चिमको पहिचानको निम्ति प्रधानमन्त्री भएपछि सबैभन्दा धेरै त्यहाँ केन्द्रित रहेर काम गरिरहेको उहाँको दाबी छ । 

गौरा पर्व सुदूर पश्चिममा विशेष उल्लासका साथ मनाइने गरिन्छ ।

टिप्पणीहरू