सभापतिको चुनावका लागि रास्वपाले बैठक बोलायो

सभापतिको चुनावका लागि रास्वपाले बैठक बोलायो

प्रतिनिधिसभाको चौंथो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । 

आज अपरान्ह ५ बजे बस्नेगरी बोलाइएको बैठकमा संसदीय समिति सभापति चयनलगायतका विषयमा छलफल हुने जानकारी दिइएको छ । सत्तापक्ष र प्रमुख प्रतिपक्ष एमालेले १२ संसदीय समितिको सभापति भागबण्डा मिलाइसकेको सन्दर्भमा चुनावमा मत दिने कि नदिने भन्नेबारे बैठकले  आधिकारिक निर्णय लिने बताइएको छ । 

 समितिका सभापतिको चयनका लागि आउँदो सोमबार निर्वाचन हुँदै छ । चुनावी प्रक्रिया भने आइतबारबाटै सुरु हुने कार्यतालिका सार्वजनिक भैसकेको छ ।

टिप्पणीहरू