एमाले बैठक पानीले प्रभावित

एमाले बैठक पानीले प्रभावित
सुन्नुहोस्

शनिबारका लागि निधो गरिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । 

सिरहाको धनगढीमाई नगरपालिका– १४ अम्बासमा बस्ने भनिएको बैठक प्रतिकूल मौसमका कारण  स्थगित गरिएको  प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । स्थगित बैठकको अर्को मिति र समय भने तोकिएको छैन । 

एमालेले सचिवालय बैठक बोलाएको सो स्थान तत्कालीन नेकपा मालेको चौथो महाधिवेशन आयोजना भएको ऐतिहासिक स्थलका रुपमा परिचित  छ । सोही महाधिवेसनले जबज पारित गर्दै मदनकुमार भण्डारीलाई पार्टीको महासचिव चयन गरेको थियो ।
 

टिप्पणीहरू