आमरण अनसनकारीलाई सिके राउत र काँग्रेस महामन्त्रीको समर्थन

आमरण अनसनकारीलाई सिके राउत र काँग्रेस महामन्त्रीको समर्थन
सुन्नुहोस्

इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा आमरण अनसन बसेकालाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समर्थन गरेका छन् । नेविसंघ पुल्चोक क्याम्पस इकाइका सभापति चापार्गांलाई भेटेर उनीहरुले ऐक्यबद्धता जनाएको बताइएको छ । 

उनीहरु दुवैजना दिउँसो २ बजेदेखि झण्डै आधा घण्टासम्म अनसनस्थलमा भेटेर फर्केको बताइन्छ । नेविसंघले चर्को शुल्क वृद्धिको विरोधमा आमरण अनसन थालेको हो । 

स्वतन्त्र विद्यार्थी युनियनले पनि बढेको शुल्क घटाउनुपर्ने माग राखेका छन् । क्याम्पसमा अध्ययनरत दोस्रो वर्षका विद्यार्थीहरुले विरोधमा गत साता मशाल जुलुस निकालेका थिए ।
 

टिप्पणीहरू